समाज खबर articles

सवै जिल्ला अस्पतालहरुमा विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा दिने तयारी

सवै जिल्ला अस्पतालहरुमा विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा दिने तयारी

काठमाडौं,माघ २६ । स्वास्थ्य मन्त्रालयले देशभरका सवै जिल्ला अस्पतालहरुमा विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा दिने तयारी थालेको छ । देशभरका थप १३ जिल्ला अस्पतालहरुमा आगामी फागुन १ गते देखि नै विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन सुरुवात गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य जिल्लाहरुमा पनि फागुनको पहिलो हप्ता भित्रमा सेवा सुरु गर्ने...

आज दिनभर वर्षा हुने सम्भावना प्रबल

काठमाडौं,माघ १४ । मौसमविदका अनुसार अहिले पश्चिम र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परिरहेको छ । काठमाडौँसहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । दिउँसोपख केही ठाउँमा जमिन भिज्ने गरी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जिरीलगायत क्षेत्रमा हिमपात भएको मौसमविदले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाको...

ट्र्याक्टरले थिच्दा एकको मृत्यु

सिन्धुली, माघ १३ । अरुणठाकुर गाविस–२ स्थित मानवा थापा टोलमा ट्र्याक्टरले थिच्दा बिहिबार बिहान १० वर्षीया विनिता तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । अरुणठाकुरको भित्री कच्ची बाटामा गुडिरहेको स १ त ५५२२ नं को ट्र्याक्टरले विद्यालय जाँदै गरेकी सोही ठाउँकी तामाङलाई थिचेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराका अनुसार उनी...

सवारीसाधनबाट ट्राफिक जनचेतना

काठमाडौं, माघ १३ । सडक सुरक्षालाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सर्वसाधारणलाई सवारीसाधनबाट जनचेतना दिने भएको छ । ओबल इन्टरनेसनल प्रालिको सहयोगमा महाशाखाले सवारीसाधनमार्फत जनचेतना दिन लागेको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले ट्राफिक जनचेतनाका अभावले बर्षेनि हजारौँ मानिसको ज्यान जाने गरेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए ।...

टिपरले ट्याक्सीलाई थिच्न पुग्दा ट्याक्सी चालकको मृत्यु

काठमाडौं, माघ १२ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा बा. ३ ख ७५७९ नम्वरको बालुवा लोड गरेको टिपर गएराति पल्टदा सड्क छेउमा पार्किङ गरि राखको बा. १ ज ८८७३ नम्वरको ट्याक्सी माथी पर्दा ट्याक्सी चालक काभ्रे नागरेगर्गचे–४ घर भएका २१ बर्षीय श्याम बहादुर प्रधान च्याँपिएर घाइते भएकोले उपचारको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु

पाल्पा, माघ १२ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुरु भएको छ । कृषिलाई व्यवसायीकरण गरी उत्पादन बढाउने उद्देश्यले सो परियोजना सुरु भएको हो । परियोजनाअन्तर्गत जिल्लामा दुईवटा केन्द्र र २५ वटा पकेटक्षेत्र छनोट गरिएको छ । केन्द्र अन्तर्गत मकैको बीउ उत्पादन र अदुवाखेती छनोटमा परेका छन्, भने पकेटक्षेत्रअन्तर्गत तरकारी, सुन्तला, धान, मकै, अदुवा, कोदो,...

बन्दुक सहित एक पक्राउ

 धनकुटा, माघ ११ । मारेक कटहरे–७ बस्ने ५५ वर्षीय उदय मगरलाई प्रहरीले मंगलबार फ्याङलुङ्ग जंगलमा शिकार खेलिरहेको अवस्थामा १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।   उनीसंगै शिकार खेलीरहेका फरार गगिन मगरलाई प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

बिद्युत चोरी गरी लोडसेडिङ गराउने बिद्युत प्राधिकरणका कर्मचारी समेतको गिरोह पक्राउ

काठमाडौँ, माघ १० । काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका जिल्लाका दर्जनौ उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विषेशका घरहरुमा जडित विजुलीका मिटर बक्सहरुमा विद्युत प्राधिकरणका केही कर्मचारी, उद्योग व्यवसायीहरुको मिलेमतोमा विभिन्न उपकरणहरूको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सहरूको अंक घटाई विद्युत चुहावट गरी विद्युतको खपत बढाउनुका साथै प्रत्यक्ष रुपमा लोडसेडिङमा समेत प्रभाव पारी ठगी...

कार्यालयको सर्भर बिग्रिएपछि लाईसन्स वितरणमा कठिनाई

रुपन्देही,माघ १० । यातायात व्यवस्था कार्यालय, लुम्बिनी अञ्चलको कम्प्युटरको सर्भर (नेट ) बिग्रिएका कारण एक हप्तादेखि काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । बुटबल कार्यालयले माघ २ गते आइतबार एक सूचना जारी गर्दै कम्प्युटरको सर्भर बिग्रदा लाइसेन्स जारी गर्ने, नवीकरण गर्ने, तथ्याङ्क राख्ने जस्ता महत्वपूर्ण काम गर्न नसक्ने उल्लेख गर्दा सेवाग्राही मर्कामा परेका हुन्...

जाजरकोट पर्यटन पत्रकार संघको संयोजकमाः–सिंह

काठमाडौं,माघ १० । पर्यटन पत्रकार संघ जाजरकोटको संयोजकमा कारोबार दैनिकका जाजरकोट संवाददाता सुरेन्द्र सिंहलाई सर्वसम्मतीले चयन गरिएको छ । आईतबार सिंहको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन गरिएको हो । सदस्यहरुमा डिजिटल संचारका दीपबहादुर घर्ती, रासस तथा नयाँ पत्रिकामा आबद्ध हेमन्त केसी, सगरमाथा टेलिभिजनका बद्री पन्त, चन्द्र केसी, रेडियो खलंगाका भरत शर्मा र सपना वली,...
Top