अपराध खबर articles

गाईको मासु बेचेको आरोपमा दुई युवक पक्राउ

गाईको मासु बेचेको आरोपमा दुई युवक पक्राउ

काठमाडौँ, भदौं २० । नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको अभियोगमा २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका ९ वसन्तपुरमा स्थानीय बुद्ध बिकले पालेको ३ वर्षको गाई गाउँकै केशब केसी र बुद्ध बिकले सामुदायिक वनमा काटेर गाउँलेलाई बेचेका हुन् । स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेको गाई उनीहरुले गाउँलेलाई...

सहमतिमा ‘लिभिङ टुगेदर’, सम्बन्ध बिग्रिएपछि बलात्कार

काठमाडौँ, फागुन ०९।  गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ-इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए । कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो । बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे गर्न...

बिजुली यसरी चोरिँदोरहेछ ! अनि किन नहोस् लोडसेडिङ ? प्राधिकरणकै एक दर्जन कर्मचारी पक्राउ परेपछि रहस्य खुल्यो

काठमाडौँ, माघ १०। नेपाल विद्युत् प्राधिकरणकै कर्मचारीको मिलेमतोमा वर्षाैँदेखि ठूला उद्योगहरूलाई निःशुल्क बिजुली दिइँदै आएको खुलेको छ ।  कमिसन लिएर उद्योगीलाई निःशुल्क बिजुली दिँदै आएका प्राधिकरणका १२ कर्मचारी र चार व्यवसायीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ, नयाँ पत्रिकामा खबर छ । महानगरीय अपराध महशाखाले प्राधिकरणका सुपरभाइजर र मिटररिडरहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये केही...

प्रतिबन्धित जडिबुटी कारोबारमा संलग्न एक पक्राउ

जाजरकोट, माघ २ । डोल्पा नर्खु–१ बस्ने ६७ वर्षीय नामबहादुर बोहोरालाई प्रहरीले करीब ३ किलो प्रतिबन्धित जडिबुटी पाँचऔले सहित पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मैदेको चेक पोष्टमा शनिबार खगेनकोट–६ बगरातर्फ जाँदै गरेको भे.१ ज ५७६ नम्बरको जीपलाई चेकजाँच गर्दा बोहोराले साथमा ल्याएको झोलाबाट उक्त जडिबुटी बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक...

अबैध विदेशी मुद्रा सहित चाईनिज नागरिक पक्राउ

काठमाडौँ, माघ २ । अवैध बिदेशी मुद्रा सहित बा.१ य १२३२ नम्बरको स्कर्पियो गाडीका चालक पेम्बा तामाङ्ग, चाईनिज नागरीक चाङ तोङ फाङ, चौ स्लिडयन, चाउ लियाङ फङलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसारपसार तथा कारोबार गर्ने गरेको गोप्य सूचनाको...

३३ केजी सुन तस्करीमा सहयोग गरेको आरोपमा विमानस्थलका दुई भन्सार अधिकृत पक्राउ

काठमाडौं,पुस २८ । अवैध सुन तस्करीमा सहयोग गरेको भन्दै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो। सिआइबीको टोलीले मंगलबार बेलुका मात्र काभ्रेको पनौतीबाट दुई जनालाई पक्राउ गरेको थियो। भन्सार विभागका कर्मचारीको मिलोमतो हुन सक्ने भन्दै...

बिदेशबाट आएका यात्रुबाट सुन संकलन गर्ने पक्राउ

काठमाडौँ, २७ पुस । विदेशबाट आगमन भएका यात्रुहरुबाट सुन जस्तो देखिने पहेंलो बस्तु (सिक्रि ४ थान) १ सय ९९ ग्राम संकलन गरिरहेका मोरङ विराटनगर उपमहानगरपालिका–४ घर भई हाल दन्तकाली गेष्ट हाउस नयाँवसपार्कका प्रोपराईटर ४५ बर्षीय कमल निरौलालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट मंगलबार प्रहरीले उनलाई सुन जस्तो देखिने उक्त पहेंलो...

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २६ पुस । लागूऔषध मुद्दामा पुनरावेदन अदालत पाटनको २०५८ फागुन २१ गतेको फैसलाले १५ बर्ष कैद र ५ लाख जरीवानाको सजाय हुने ठहर भई सजाय वेरुजु रही फरार रहेका लमजुङ्ग ढोडेनी–२ बस्ने ७१ बर्षीय गज बहादुर गुरुङ्गलाई केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीले उनलाई आइतबार ढोडेनी लमजुङ्गबाट पक्राउ गरी सोमबार...

डलर देखाई झुक्याई ठगी गर्र्ने पक्राउ

काठमाडौं, पुस १९ । डलर देखाई झुक्याई ठगी गर्ने सिन्धुपाल्चोक कर्थली–६ बस्ने ३३ वर्षीय लक्ष्य भन्ने नारायण बहादुर भण्डारी लाई आइतवार प्रहरीले पक्राउ गरेको छ । निज नारायण वहादुर र सोही स्थान वस्ने २३ बर्षीय सरोज भण्डारीले लमजुङ्ग बेशीसहर घर भई काठमाण्डौ बसुन्धरा बस्ने २८ वर्षीया मिनमाया तामाङ्गलाई पटक पटक फोन गरी आफुसंग अमेरिकन डलर...

फेसबुक मार्फत ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुस १९ । सामाजिक संजाल फेसबुकमा (मोबाईल सेलिङ एन्ड बाइङि) नामको पेज खोली ठगी गर्ने चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ । सो पेजमा विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप तथा क्यामेराहरु अनलाईन मार्फत बिक्रीमा राखी कोही कसैले खरीद गर्न चाहेमा आफुलाई सम्पर्क गर्न अनुरोध गरी सामानहरु खरीद...
Top