समाचार articles

एकपछि अर्को ‘हाइप्रोफाइल’ हत्या, असुरक्षित बन्दै काठमाडौं

एकपछि अर्को ‘हाइप्रोफाइल’ हत्या, असुरक्षित बन्दै काठमाडौं

काठमाडाैं । मिडिया उद्यमी जमिम शाहलाई लाजिम्पाटमा गोली हानी हत्या गर्दा काठमाडौंको सुरक्षा व्यवस्थामाथि ठूलै चुनौती थपियो । अनुसन्धान गर्दै जाँदा भारतीय अन्डरवल्र्ड अपराधीको संलग्नता खुलेपछि प्रहरी झन् आत्तियो । नेपालले सहजै भारतलाई अपराधी बुझाउँदै आए पनि नेपाली पक्षले भारतसँग नाम खुलेका अभियुक्त बुझाइदिन आँट गर्न सकेन । व्यस्त सडकमा शाहलाई गोली प्रहार गरी मोटरसाइकलमा...

व्यवसायीलाई साम्य पार्न यसरी ढाँटे गृहमन्त्रीले

काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ परेको दाबी गरेका थिए। उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए। अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः ४५ बजे मध्यबानेश्वर खरीबोटमा सुटरले गाडिभित्रै गोली हानेर हत्या गरेका थिए। घटनाको...

संसद्का कर्मचारीले खाए १२ करोडको खाजा

काठमाडौं । ८० प्रतिशत भत्ता खाइरहेका संसद्का कर्मचारीलाई दोहोरो सुविधा हुने गरी दैनिक खाजा भत्ता पनि दिएको भन्दै महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेको १२ करोड रुपैयाँ रातारात फर्छ्योट गर्ने प्रयास भइरहेको छ। अर्थ मन्त्रालयको स्वीकृतिविपरीत संसद्को व्यवस्थापन समितिले कर्मचारीलाई ८० प्रतिशत भत्ता र दैनिक (कार्यालयको दिन ६ सय र बिदाको दिन ७ सय ५०) रुपैयाँ...

सरकारले नै छाडेको बाटोबाट खड्का फिर्ता, काममा फर्किन नदिइने

काठमाडौं,असोज २३ । तीन साताअघि बर्खास्त गोपालबहादुर खड्का सरकारले बनाइदिएको बाटोबाट नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल भएका छन्। बर्खास्तीको निर्णय गर्नुअघि सरकारले स्पष्टीकरणको मौका दिएको थिएन। त्यसकै जगमा बसेर खड्का सर्वोच्चकै आदेशबाट फिर्ता भएका छन्। स्पष्टीकरण नसोधी बर्खास्त गरिएका कर्मचारीलाई सर्वोच्चले धमाधम काममा फर्काउँदै आएको छ। र, त्यो नजिरको ख्याल नगरी खड्कालाई पनि...

अब राष्ट्रपतिको उम्मेदवारले धरौटी राख्नु नपर्ने, प्रस्तावक र समर्थक ५ जना भए पुग्ने

काठमाडौं,असोज २३ । अब राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले उम्मेदवारी दर्ता शुल्क (धरौटी) तिर्नु नपर्ने भएको छ । सरकारले मूल विधेयकमा प्रस्ताव गरेको धरौटीको व्यवस्था परिमार्जन गर्दै संसद्ले धरौटीको व्यवस्था हटाएको हो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक संसद्ले आइतबार पारित गरेको हो । राष्ट्रपति र उपराष्ट्रपति पदको गरिमा फरक रहेको भन्दै संसद्ले उम्मेदवार दर्ताको धरौटीसम्बन्धी...

कांग्रेस रणनीतिः वाम गठबन्धनलाई बदनाम गर्ने, माओवादी मन्त्री हटाउने !

काठमाडौं,असोज २३ । सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ । प्रमुख विपक्षी एमालेले सतारुढ घटक माओवादीसँग पार्टी एकता नै गर्ने गरी चुनावी तालमेलको घोषणा गरेपछि कांग्रेसले त्यसलाई कसरी प्रतिवाद गर्ने भन्नेमा आन्तरिक विमर्श तीव्र पारेको छ । वाम गठबन्धन घोषणा भएलगत्तै लोकतान्त्रिक शक्तिबीच गठबन्धन...

प्रत्येक निर्वाचन आयुक्तलाई अढाई करोडका गाडी

काठमाडौं,असोज ५ । चौतर्फी आलोचना भए पनि निर्वाचन आयोगले प्रमुखसहित सबै पाँच आयुक्तका लागि २ करोड ३२ लाख रुपैयाँ मूल्यका गाडी खरिद गर्ने भएको छ । आयुक्तका लागि खरिद गर्न लागिएका एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) गाडी विलासी वर्गमा पर्छन् । आयोगले स्थानीय तहको मौका छोपेर नयाँ गाडी खरिद गर्न सरकारलाई दबाब दिएपछि अर्थ मन्त्रालयले बजेट...

प्रधानमन्त्री र मन्त्रीले बुझाए सम्पत्ति, को कति धनी ?

काठमाडौं,असोज ५ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलवार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका सुनका दुईटा सिक्री, पाँचतोलाको ब्रासलेट,चार तोलाको हीरा, पन्न रुवी र मुगाजडित औठी रहेको छ । प्रधानमन्त्री देउवाको नाममा एभरेष्ट बैंकमा १६ लाख ५० हजार नगद छ । देउवाले बुढानिलकण्ठको घर जग्गा उल्लेख गरेका छैनन् ।...

८८ किलो सुन तस्करीमा संलग्न थप पाँचजना समातिए

काठमाडौँ, असोज ४। काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले बरामद गरेको ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा थप पाँचजनालाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी महाशाखाले काठमाडौंका कार्यविनायक सुनचाँदी पसलका सन्चालक गणेश दत्त बडू, शाक्य सुनचाँदी पसलका सुगतरत्न शाक्य, पशुपति सुनचाँदी पसलका नन्दकुमार मर्गले, रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल र उल्लास दिनकर सालुखेलाई पक्राउ गरिएको जनाएको हो ।...

अदालत सेटिङमा चल्न थाल्यो – ओली

काठमाडौँ, असोज ४। डेढ वर्षअघि सर्वोच्च अदालतमा न्यायाधीस नियुक्त भएका ११ जनाविरुद्ध सर्वोच्चमा मुद्दा परेको भन्दै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधामन्त्री केपी शर्मा ओली अदालतको भूमिकाप्रति आक्रोशित भएका छन्। बुधबार नवलपुरको गैंडाकोटमा आयोजित पार्टीको आमसभामा बोल्दै अध्यक्ष ओलीले अदालत सेटिङमा चल्न थालेको भन्दै सच्चिन आग्रह गरे। ‘११-११ जना न्यायाधीसविरुद्ध कसैले ल्याएर आएको मुद्दा कुनै...
Top