मुख्य खबर articles

पार्टीभित्रको दबाब अब कसरी झेल्लान् देउवाले ?

पार्टीभित्रको दबाब अब कसरी झेल्लान् देउवाले ?

काठमाडौं । प्रत्यक्षतर्फ नराम्रो पराजय व्यहोरे पनि कांग्रेस नेतृत्वलाई समानुपातिकतर्फ राम्रै मत आउने आस थियो । तर एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका कारण मात्रै पार्टी कमजोर भएको हो भन्ने नेतृत्वको तर्कलाई समानुपातिकतर्फ कांग्रेसले पार्टीले ल्याउँदै गरेको मतले पनि सावित गर्न नसक्ने देखिइसकेको छ । समानुपातिकतर्फ समेत एमाले नै अग्रस्थानमा आएपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति...

सर्वोच्चले भन्यो-‘धामीझाँक्रीले बिरामी ठीक पार्दैनन्’,सरकार ध्यान देउ

काठमाडौं । सर्वोच्च अदालतले धामी/झाँक्रीद्वारा बोक्साबोक्सी ठीक नपार्ने ठहर गर्दै यसविरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको छ। धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा समाजमा शोषण गरिरहेकाले उनीहरूलाई नियन्त्रणको उपाय खोज्नसमेत सरकारको ध्यानाकर्षण गरिएको छ। बोक्सी आरोपमा क्रूर ढंगले हत्या गरिएकी चितवन बघौडाकी ठेगनीदेवी महतोको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च उक्त निष्कर्षमा पुगेको हो। धामी-झाँक्रीको अन्धविश्वासमा छिमेकीले महतोलाई...

‘थ्रेसहोल्ड’ पार नगर्ने दलले पाएको मत खारेज

काठमाडौं। समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन्। अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउने राजनीतिक दलले मात्रै समानुपातिक सिटबाट प्रतिनिधित्व पाउने छन्। विगतमा थोरै मत ल्याएर पनि समानुपातिकबाट एक सिट पाएर...

प्रदेशसभाको प्रत्यक्षतर्फ अन्तिम परिणाम सार्वजनिक, कुन प्रदेशमा कसलाई कति सिट?

काठमाडौं । दुई चरणमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ अन्तिम परिणाम सार्वजनिक भएको छ। सुनसरी ३ (ख) बाट निर्वाचित कांग्रेसका अगमलाल चौधरी प्रदेशसभामा निर्वाचित हुने अन्तिम सांसद बनेका छन्। निर्वाचन परिणामले ७ मध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनलाई स्पस्ट बहुमत प्राप्त हुने देखिएको छ। समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी नै रहे पनि...

रामचन्द्र पौडेल तनँहुमा पहिलोपटक चुनाब हार्दै

काठमाडौँ, मंसिर २४ ।  तनँहु क्षेत्र नं १ मा नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलको हार्ने पक्का भएको छ। उनी मतगणनाको सुरुवात देखिनै लगातार पछाडि छन्। हारसँगै उनको तनँहुको राजनीतिक विरासत समाप्त हुने देखिएको छ। तनँहुबाट पौडेल २०४८ देखि लगातार निर्वाचन जित्दै आएका थिए। २०४८ मा पौडेल क्षेत्र नं १ बाट विजयी भएका थिए। त्यसपछि २०५१, २०५६,...

सप्तरी-२ मा उपेन्द्र यादव विजयी

काठमाडौँ, मंसिर २३। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। उनले सप्तरी २ मा माओवादीका उमेश यादवलाई पराजित गरका हुन्। मत परिमाण संघीय समाजवादी फोरमका उपेन्द्र यादव– २१६२० माओवादीका उमेश यादव– ११५८०

काठमाडौं २ बाट प्रतिनिधिसभामा माधवकुमार नेपाल निर्वाचित

काठमाडौँ, मंसिर २३ । काठमाडौं क्षेत्र नं. २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी भएका हुन् । नेपालका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार...

ओली नै प्रधानमन्त्री

काठमाडौँ, मंसिर २३ ।  नेकपा एमालेका नेता अग्नि खरेलले प्रतिनिधिसभाको निर्वाचन परिणाम आएलगत्तै संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । पूर्वकानुनमन्त्रीसमेत रहेका नेता खरेलले निर्वाचन भइसकेको र परिणामको अनुमानपनि गरिसकिएको अवस्थामा काम चलाऊ सरकारले प्रदेशप्रमुख र राजधानी तोक्नसक्ने अवस्था नरहेकाले नयाँ...

बुधबार राति १२ बजेदेखि बेलुका ७ बजेसम्म सवारीसाधन निषेध

काठमाडौँ, मंसिर २० ।  दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने जिल्लामा बुधबार राति १२ बजेदेखि सवारीसाधन निषेध गरिने भएको छ । गृह मन्त्रालयका अनुसार मतदानको अघिल्लो दिन २० गते राति १२ बजेदेखि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिएको हो । गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतदानका दिन सुरक्षा निकाय, निर्वाचन प्रायोजनका...

शिवपूजन यादवको उम्मेदवारी खारेज, सर्वोच्च अदालतले अन्तरिम आदेश गरेन

काठमाडौँ, मंसिर २०। सर्लाही ४ मा वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादव उम्मेदवार बन्न नपाउने भएका छन् । मतदानको अघिल्लो दिन बुधबार सर्वोच्च अदालतले रायको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अब मुद्दाको अन्तिम फैसला नहुँदासम्म रायको उम्मेदवारी खारेज गर्ने निर्णय कायमै रहनेछ । न्यायाधीश दीपकराज जोशी...
Top