बैदेशिक रोजगार खबर articles

अबदेखि अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने

काठमाडौं, पुस २९ । व्यक्तिगत श्रम स्वीकृति अब अनलाइनबाटै लिन सकिने भएको छ । आँउदो सोमबार देखि व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै लिनका लागि वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयले आवश्यक तयारी पूरा गरिसकेको बताइएको छ । अन्तीम श्रम स्वीकृति पनि सोमबार देखी अनलाइनबाटै लिन सकिने व्यवस्था गरिएको छ ।यस अघि अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा संस्थागत तर्फको...

अफगानिस्तान र इराक प्रतिबन्ध हताउने तयारिमा सरकार

काठमाडौं,असोज १० । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले आज रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा दुबै देशमा कामदार पठाउने दबाब धेरै आएकाले अब बस्ने क्याबिनेटले अफगानिस्तान र इराकमा निश्चित क्षेत्रको बैदेशिक रोजगारीमा जान लगाइएको प्रतिबन्ध हटाउने निर्णय सरकारले गर्न लागेको बताएका हुन् । उनले भने प्रधानमन्त्री स्वंयमले प्रस्ताव पेश गर्न भन्नुभएकोले यसबारे आगामी मन्त्रिपरिषदबाट निर्णय लिने सम्भावना...

चौपट बन्दै वैदेशिक रोजगार

काठमाडौँ, चैत ११ । वैदेशिक रोजगारी चौपट हुने संकेत देखिन थालेको छ । चालू आर्थिक वर्षको आठ महिनामा औसतमा विदेसिनको संख्या ४५ प्रतिशतले घटिसकेको छ । सरकारको पछिल्लो तथ्यांकले फागुनमा मात्रै विदेसिनेको संख्या गत वर्षको तुलनामा १९.७० प्रतिशतले गिरावट आएको छ । यस कारण वर्ष रेमिटेन्स नघटे पनि अर्को वर्षदेखि प्रत्यक्ष असर देखिनेछ । वर्षको...

यस्तो छ इजरायल जान सरकारले तोकेको मापदण्ड, अब हिब्रु भाषा जान्न नपर्ने

काठमाडौं, साउन २५ । नेपालीलाई फेरि रोजगारीका लागि इजरायल जाने बाटो खुलाएको सरकारले त्यसका लागि मापदण्ड पनि तोकेको छ । श्रम तथा रोजगार मन्त्रालयले तोकेको मापदण्ड अनुसार इजरायल जानका लागि कुने पनि महिला वा पुरुष ५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्ने १ दशमलव ५ मिटर उचाइ भएको हुनु पर्ने र शारीरिक तौल...

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा बिमल ढकाल विजयी (कसले कति मत ल्याए ? मत परिणामसहित)

काठमाडौ, असार १८ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २३औँ सधारणसभाबाट बिमल ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लोकतान्त्रिक वैदेशिक रोजार व्यवसायी फोरमबाट अध्यक्षका प्रत्यासी बनेका ढकालले बिहीबार साँझ सम्पन्न निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । उनले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट अध्यक्षका प्रतिस्पर्धी सरोजकुमार पोखरेललाई २४ मतले पछाडि...

निःशुल्क भिषा र किटको निर्णय कार्यान्वयन गरेरै छाड्ने श्रममन्त्रीको अडान

काठमाडौं, असार ४ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियासहित खाडीका ६ मुलुकमा जाने नेपाली कामदारलाई भिषा र टिकटमा निःशुल्क गराएरै छाड्ने अडान लिएका छन् । मन्त्रालयले गरेको निर्णयलाई प्रधानमन्त्री सुशील कोइरालाले उल्ट्याएको भन्ने तर्कको खण्डन गर्दै मन्त्री गुरुङले यस्तो अडान लिएका हुन् । ‘प्रधानमन्त्रीले मन्त्रालयले गरेको निर्णयलाई उल्ट्याउन नभई कडाईका साथ कार्यान्वयन गर्न...

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा राजनीतिक प्रतिष्ठाको लडाई

काठमाडौं, असार ३ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा नयाँ नेतृत्वका लागि आगामी असार १७ गते निर्वाचन हुने पक्कापक्की भएको छ । यसअघि सहमतिमा सघंको अध्यक्ष छान्ने प्रयास करिब अन्तिम चरणमा पुगेको थियो । त्यसो हुँदा नेतृत्वका लागि निर्वाचन नहुने देखिएको थियो । सहमतीय प्रक्रिया भाँडिएसँगै संघको नेतृत्वको दाबी गर्दै तीनओटा प्यानलहरू चुनावी प्रक्रियाको मैदानमा...

खोजी मेनपावरको ठगी धन्दा

मलेसिया गएका २२ नेपाली अलपत्र हेमन्त शंकर आचार्य – काठमाडौं, चैत २३ । वैदेशिक रोजगारीको सिलसिलामा ललितपुर सानेपास्थित खोजी रिक्रुटमेन्ट सर्भिस पा.लि. बाट मलेसिया पुगेका २२ जना नेपाली युवाहरू अलपत्र परेका छन् । करिब दुई महिनाअघि मलेसियाको सुपर क्लिनर सर्भिस कम्पनीमा एयरपोर्ट क्लिनरका लागि पठाइएका उनीहरूलाई भनिएको काम नदिएपछि उनीहरू अलपत्र परेका हुन् । कामदारहरूले...

नि:शुल्क टिकट र भिसामा चर्को रकम असुल्ने म्यानपावरलाई कारबाही थालिने

काठमाडौँ, माघ २२ । सरकारले नि:शुल्क टिकट र भिसा ल्याए पनि वैदेशिक रोजगारीमा जाने कामदारसँग चर्को शुल्क असुल्ने म्यानपावर कम्पनीलाई कारबाही गर्ने भएको छ। पछिल्लो समय म्यानपावर कम्पनीले विदेशस्थित रोजगारदाता कम्पनीबाट नि:शुल्क भिसा र टिकट ल्याउने तर कामदारसँग भने लागत खर्च बढेको भन्दै चर्को शुल्क उठाउने गरेको तथ्य सरकारले फेला पारेपछि उनीहरूमाथि कारबाही गर्ननि:शुल्क टिकट ल्याए...

विवादकाबीच बायोमेट्रिक लागू हुँदै

काठमाडौं, माघ ५ । मलेसिया सरकारले नेपालमा बायोमेट्रिक प्रणाली लगाउने भएको छ । आम स्वास्थ्य व्यवसायी मलेसिया जाने कामदारको हितमा नरहेको भन्दै विरोध भएको उक्त प्रणाली अन्ततः लागू हुने पक्कापक्की भएको हो । मलेसियाको निजी कम्पनी वेष्टिनेट र नेपालको स्वास्थ्य व्यवसायी महासंघवीच वायोमेट्रिक बारे सहमति भएको र उक्त प्रणालीबाट नेपाल सरकारबाट सुचिकृत सवै स्वास्थ्य व्यवसायी...
Top