खेल खबर articles

व्यवसायीलाई साम्य पार्न यसरी ढाँटे गृहमन्त्रीले

व्यवसायीलाई साम्य पार्न यसरी ढाँटे गृहमन्त्रीले

काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियारसहित पक्राउ परेको दाबी गरेका थिए। उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए। अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः ४५ बजे मध्यबानेश्वर खरीबोटमा सुटरले गाडिभित्रै गोली हानेर हत्या गरेका थिए। घटनाको...

अर्जेन्टिना विश्वकपमा छानियो,मेस्सीको ह्याट्रिक

एजेन्सी । अर्जेन्टिना रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ ।दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो । एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको...

टी–२० सिरिज जितेसँगै भारतले श्रीलंका भ्रमरणमा खेलेका सबै खेल जित्दै क्लिन स्विप

एजेन्सी,भदौं २२ । भारतले टी–२० खेलमा पनि श्रीलंकालाई ७ विकेटले हराएको छ। एक खेलको टी–२० सिरिज जितेसँगै भारतले श्रीलंका भ्रमरणमा खेलेका सबै खेल जित्दै क्लिन स्विप गरेको हो। भारतले यससअघि श्रीलंकालाई टेस्ट सिरिजमा ३–० र एकदिवसीय सिरिजमा ५–० ले हराएको थियो। कोलम्बोल टस जितेर घरेलु टोली श्रीलंकालाई ब्याटिङको निम्तो दिएको भारतले श्रीलंकालाई १७० रनमा रोक्यो।...

उपहार गोलले हारबाट जोगियो अर्जेन्टिना,महत्वपूर्ण खेल जित्न सकेन

एजेन्सी,भदौं २१ । विश्वकप फुटबलको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा रुस विश्वकपका लागि छनौटका लागि महत्वपूर्ण खेलमा लियोनल मेस्सीको टिम अर्जेन्टिना भेनेजुएलासँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा जोन मुरिल्लोका गोलबाट भ्रमण टोली भेनेजुएलाले...

घरमै ताजकिस्तानसँग नेपाल २-१ ले पराजित

काठमाडौँ, भदौं २०। एएफसी एसियन कपको छनोट अन्तर्गत ताजिकिस्तानसँग नेपाल २-१ ले पराजित भएको छ। सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको ६०औं मिनेटमा १ गोल फर्कायो। नेपालका लागि बिमल घर्तिमगरले गोल गरे। यसअघि खेलको ३० मिनेटमा २ गोलले पछि परेको नेपालले...

विश्वकप छनोट: अष्ट्रियामाथि वेल्सको जित

एजेन्सी,भदौं १८ । वेल्सले विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनोटमा संघर्षपूर्ण जित निकालेको छ । सन् २०१८ मा रुसमा हुने विश्वकप छनोट अन्तर्गत शनिबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई १ – ० ले पराजित गरेको हो । कार्डिफमा भएको खेलमा वेल्सलाई जित दिलाउन बेन्जामिन वुडबर्नले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको...

युएफा सुपर कपको उपाधि रियल मड्रिडलाई,म्यानयु पराजित

एजेन्सी । म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। मेसेडोनियाको फिलिप द्वितिय एरिनामा मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो । क्यासिमेरोले मड्रिडका लागि पहिलो गोल गरेका हुन् । रियल मड्रिडका लागि इस्कोले ५२ औँ...

फिफा कन्फेडेरेसन कप: पोर्चुगललाई हराउँदै चिली फाइनलमा

एजेन्सी,असार १५ । दक्षिण अमेरिकी च्याम्पियन चिली रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनलमा युरोकप विजेता पोर्चुगललाई पेनाल्टी सुटआउटमा ३ – ० ले पराजित गर्दै चिली उपाधि नजिक पुगेको हो । रुसको कजानस्थीत कजान एरिनामा भएको सेमिफाइनलमा निर्धारित र थप गरिएको ३० मिनेटको समयमा गोल रहित...

अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

काठमाडौं,असार ७ । फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने आज यहाँ आयोजित मुल आयोजक समितिका अध्यक्ष दीपक क्षत्रीले बताए। उनले निजी क्षेत्रबाट आयोजना भएको विद्यालयस्तरको अहिलेसम्मकै सर्वाधिक पुरस्कार...

यमन भर्सेस नेपाल : नेपाललाई इतिहास बनाउने मौका,फेरिएला इतिहास ?

काठमाडौं, जेठ ३० । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल आज घरेलु मैदानमा यमनविरुद्ध मैदानमा उत्रिँदै छ । नेपाल र यमनबीचको खेल अपरान्ह ३ बजे हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुनेछ । समूह ‘एफ’मा रहेको नेपाल अंकबिहीन छ । एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४ – १ ले पराजित भएको थियो । नेपाल...
Top