आर्थिक खबर articles

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, मंसिर १८। साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५५ हजार ३ सयमा कारोबार भईरहेको छ । चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७३५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी...

खानेतेल मिसावट प्रकरणः शिवशक्तिलाई कारबाही गर्न आनाकानी

काठमाडौं,असोज २३ । बाराको जितपुरस्थित शिवशक्ति घिउ उद्योगले उत्पादन गर्ने फेमिली ब्रान्ड खानेतेलमा अखाद्य वस्तु मिसिएको भेटिँदा पनि उक्त उद्योगलाई कारबाही गर्न सम्बन्धित निकायले आनाकानी गरेको पाइएको छ । भदौ २७ गते आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हिन संरक्षण विभागको टोलीले उद्योगमै पुगेर त्यहाँ उत्पादित खानेतेल परीक्षण गर्दा त्यसमा अखाद्य वस्तु मिसिएको भेटिएको थियो...

निगमको जग्गा खरिदमा पूर्वमन्त्री देखि वडा सचिवसम्मको मिलेमतो

काठमाडौं,भदौं २७ । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिद्वारा गठित उपसमितिले आयल निगमले बोलपत्रका माध्यमबाट गरेको जग्गा खरिदमा विभिन्न प्रक्रियागत कमीकमजोरी र त्रुटि रहेको औंल्याएको छ। समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा बोलपत्रको प्रकाशनदेखि मूल्यांकनसम्म सार्वजनिक खरिद ऐनको प्रावधान बमोजिम नै आर्थिक रूपले न्यूनतम कबोल गर्ने र सारभूत रूपमा प्रभावग्राही भएको प्रस्तावदातासँग जग्गा...

भूकम्पपीडित सहुलियत ऋण घोषणामै सिमित

काठमाडौं,भदौं २५ । सरकारले सहुलियत कर्जाको घोषणा गरेको दुई वर्षभन्दा बढी हुँदा पनि भूकम्प प्रभावितले यस्तो कर्जा लिन सकेका छैनन्। पुनर्निर्माण प्राधिकरण बैंकको प्रक्रिया झन्झटिलो र पीडितमैत्री नभएका कारण कर्जा लिन नपाएको बताउँछन् भने बैंकर्सहरू कर्जा माग्नै नआएको दाबी गर्छन्। सरकारले १५ जेठ ०७२ मा सार्वजनिक गरेको आर्थिक वर्ष ०७२/७३ को बजेटमा सहुलियत कर्जाको घोषणा...

करोडौंको सुन समातिँदा पनि किन टाट पल्टिँदैनन् तस्कर ?

काठमाडौं, भदौ २२ । महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको ८८ किलो सुनको मूल्य बुधबार अन्तर्राष्ट्रिय बजारमा ४४ करोड रुपैयाँ छ। नेपालको भन्सार दर १० ग्रामबराबर ४ हजार २ सय रुपैयाँ हो। यसका आधारमा भन्सार छलेर सुन नेपाल भित्र्याउँदा किलोमा करिब ४ लाख रुपैयाँ फाइदा हुन्छ। ८८ किलो बजारमा फैलाउँदा करिब ४ करोड रुपैयाँ फाइदा...

प्रहरीका १२ चेकपोस्ट पार गर्दै काठमाडौं आइपुग्यो ८८ किलो सुन, यसरी खुल्यो रहस्य

काठमाडौं,भदौं २० । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन्। ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए। कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो। उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए। सोमबार बिहान चालक...

दशैंका सामान बोकेका १५ सय कन्टेनर दुई महिनादेखि नाकामै, व्यवसायी मारमा

काठमाडौं,भदौं १८ । दशैलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सार नाकामै रोकिएका छन् । भन्सारपास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् । दशैंलाई ल्याएका सामान दशैं नजिकिँदासमेत नछुट्दा व्यवसायी मारमा परेका छन् । सामान बोकेर आएका १ हजार ५ सय कन्टेनर सामान रोकिएको व्यवसायीले जानकारी दिएकमा...

अब खाताको पैसा २० वर्षसम्म नचलाए जफत हुने

काठमाडौं,साउन ३२ । साउन ३२—बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए जफत हुने भएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ । नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका २०७४ जारी गर्दे यस्तो व्यवस्था गरेको हो । ग्राहकले समयसमयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुनेछैन । यस्तै बेलाबखत आफ्नो...

राष्ट्रिय बिमा संस्थानमा अनियमिता, लेखापरीक्षण नगराएसम्म लगानी गर्न रोक

काठमाडौं,साउन २० । बिमा समितिले राष्ट्रिय बिमा संस्थानलाई कर्मचारीको तलबभत्ताबाहेकका क्षेत्रमा लगानी गर्न रोक लगाएको छ। समितिले आर्थिक वर्ष २०६०\६१ देखि २०७२\७३ सम्मको लेखापरीक्षण नगराएसम्म अन्य क्षेत्र वा प्रयोजनका लागि लगानी नगर्न निर्देशन दिएको हो। समितिका निर्देशक राजुरमण पौडेलले हिसाब मिलान नभएसम्मका लागि यस्तो रोक लगाइएको जानकारी दिए। ‘संस्थाले आर्थिक वर्ष २०६०\६१ देखि हिसाब मिलान...

वायुसेवा बेथिति: विदेशी पाइलटलाई मासिक साढे २६ लाख तलब

काठमाडौं, साउन १९ । नेपाल वायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रूपैयाँ (२६ हजार पाँच सय अमेरिकी डलर) तलब दिएर उप–हाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ। निगमलाई अत्यावश्यक ब्यक्ति र प्राविधिक विशेषताले भरिपूर्ण भन्दै निगम ब्यवस्थापनले ईटालीका ६६ वर्षीया ग्याब्रिएल एसेन्जो गेबलाई मासिक २६ लाख रूपैयाँ तलब दिने गरी दुई वर्षका...
Top