वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा बिमल ढकाल विजयी (कसले कति मत ल्याए ? मत परिणामसहित)

काठमाडौ, असार १८ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २३औँ सधारणसभाबाट बिमल ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लोकतान्त्रिक वैदेशिक रोजार व्यवसायी फोरमबाट अध्यक्षका प्रत्यासी बनेका ढकालले बिहीबार साँझ सम्पन्न निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । उनले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट अध्यक्षका प्रतिस्पर्धी सरोजकुमार पोखरेललाई २४ मतले पछाडि पार्दै २३७ मतका साथ विजय प्राप्त गरेका हुन् । त्यस्तै विशुद्ध व्यवसायी समूहबाट अर्का प्रत्यासी बनेका किरणकिशोर घिमिरेले १९० मत मात्र प्राप्त गरेका छन् ।

roj
नयाँ कार्यसमितिका प्रथम उपाध्यक्षममा कुमुद खनाल, द्वितीय उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षत्री, तृतीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, महासचिवमा रोहण गुरुङ्ग, सचिवमा राजेन्द्र भण्डारी र कोषाध्यक्षमा प्रतिमा महर्जन विजयी भएका छन् । उनीहरुले क्रमशः २२९, २१८, ३०१, २३५, २५० र २४४ मत प्राप्त गरेका छन् । त्यसैगरी सदस्यहरुमा रमिला ताम्राकार (२६२), शुक्र पाख्रिन (२५७), सचिन शेरचन (२२६), सरस्वती गुरुङ्ग (२२९), तेजमाया लिम्बु (२२६), पुष्पराज चौलागाईं (२२४), चेतुबाबा पोखरेल (२२८), दिपक सिंजाली (२६४), सोमबहादुर तामाङ्ग (२४०) र प्रकाश आचार्य (२२७) मतका साथ विजयी बनेका छन् । ढकाल समूहबाट अध्यक्षसहित ३ जना पदाधिकारी र ६ जना सदस्यहरु निर्वाचित भएका छन् भने पोखरेल समूहबाट द्वितीय उपाध्यक्षसहित ४ जना पदाधिकारी र ४ जना सदस्य निर्वाचित भएका छन् । अर्का प्रत्यासी घिमिरे समूहको प्यानलबाट एकजनाले पनि जित हात पार्न सकेनन् । जितसँगै ढकालको कार्यसमिति पूर्णबहुमतको बन्ने भएको छ । वि.स. २०४९ साल साउन १६ गते विधिवत रुपमा स्थापना भएको संघको संघको संस्थापक अध्यक्ष महेन्द्र शेरचन हुन् । उनी अहिले व्यवसायका साथै राजधानी दैनिक प्रकाशन गर्दै आएका छन् ।

 nafea2

सरोजकुमार पोखरेल २१३
किरणकिशोर घिमिरे १९०
बिमल प्रसाद ढकाल २३७ (विजयी)

गोविन्द प्रसाद थपलिया २१०
सम्शेरबहादुर गुरुङ्ग १९५
कुमुद खनाल २२९ (विजयी)

हरिबहादुर पाण्डे क्षत्री २१८ (विजयी)
राधिका कटुवाल २१३
भुवनसिंह गुरुङ्ग २००

मुक्तिनाथ अधिकारी ३०१ (विजयी)
नबलकिशोर यादव १८३
भागीरथ राई (रमेश) १५१

रोहण गुरुङ्ग २३५ (विजयी)
सुजित कुमार श्रेष्ठ १९२
कमल तामाङ्ग २२२

राजेन्द्र भण्डारी २५० (विजयी)
नरेन्द्रप्रसाद ढकाल १६५
विनोदजंग केसी २१७

हरिप्रसाद थापा २२४
नरबहादुर पुन १६३
प्रतिमा महर्जन २४४ (विजयी)

रमिला ताम्राकार (रोकाया मगर) २६२ (विजयी)
डिकबहादुर खत्री (कुमार) २२०
शुक्र पाख्रिन २५७ (विजयी)
सचिन शेरचन २२६ (विजयी)
रामहरि थापा १९०
सरस्वती गुरुङ्ग २२९ (विजयी)
मिलन कट्टेल १८१
गोबिन्दबहादुर कटुवाल २११
जनक रावल २०६
रोशन कटुवाल २१२
सञ्जु गुरुङ्ग २००
विष्णुप्रसाद न्यौपाने १५३
डिल्लिराम भुजेल १३६
साजन कटुवाल २०२
लक्ष्मण गुरुङ्ग १६०
मोहमद रजा ११०
बलराज तामाङ्ग १७५
धनलाल जैशी १९४
निर्मल राय अमात १०५
चन्द्र सिंह अदै १३५
तेजमाया लिम्बु २२६ (विजयी)
मचिन्द्रनाथ शर्मा १५९
पुष्पराज चौलागाईं २२४ (विजयी)
असगर अली १५६
चेतुबाबा पोखरेल २२८ (विजयी)
दिपक सिंजाली २६४ (विजयी)
राजेश शंकर बि.क. २०८
सोमबहादुर तामाङ्ग २४० (विजयी)
प्रकाश आचार्य २२७ (विजयी)
रामबहादुर लामा (तामाङ्ग) १९०

साभार: रोजगार वाणी

Top