सबैलाई मंगलमय शुभकामना

हाम्रो मुलुक यतिबेला नयाँ संविधान निर्माणको प्रक्रियामा छ । पहिलो संविधानसभा संविधान बनाउन असफल बनाइएपछि दोस्रो संविधानसभामार्फत नयाँ संविधान बनाउने भन्दै नेताहरु लागि परेका छन् । आगामी माघ ८ भित्र नयाँ र राम्रो संविधान बनाउने भन्दै संविधान निर्माण प्रक्रियालाई गति दिएर नेपाली जनताको वर्षौदेखिको चाहना पूरा गर्ने प्रतिवद्धता राजनीतिक दलका नेताहरुले व्यक्त गरिरहेका छन् तर केही संवेदनशील र महत्वपूर्ण विषयमा नेताहरुमा उत्पन्न हुने विवादले गर्दा निर्धारित समयमा संविधान बन्ला कि नबन्ला भन्ने चिन्ताले सबैलाई छाएको छ । विशेषतः राज्य पुनःसंरचना, राज्यको साशकीय स्वरुपलगायतका विषयमा नेताहरुबीच सहमती नबन्दा समस्या बढेको देखिन्छ ।

संविधान निर्माणमा संविधानसभा बाहिर रहेका राजनीतिक दललाई पनि संविधान निर्माण प्रक्रियामा समावेश गर्ने उद्देश्यले गर्ने भनिएको सर्वदलीय राजनीतिक सम्मेलन नेकपा–माओबादीका कारण स्थगित भएको छ । नेकपा–माओबादीकै मागअनुसार गर्ने भनिएको उक्त सम्मेलन रोकिनु पनि संविधान निर्माणमा बाधा हो भन्ने बुझिएको छ, तर दलहरुले भने अब कुनै पनि हालतमा संविधानसभाको काम रोकिदैन र संविधान सकैले रोक्न सक्दैन भनेर प्रतिक्रिया पनि दिइरहेका छन् । संविधान भनेको सहमतीको एउटा दस्तावेज हो भन्ने बुझेका मानिसले संविधान बन्ने कुरामा आशंका गरिरहेको अवस्था पनि एकातिर कायमै छ । सर्वपक्षीय सम्मेलेन रोकिएसँगै नेकपा–माओवादीसँगको वार्ता र छलफलको ढोका नै बन्द भएको हो कि भन्ने चिन्ता पनि एक ठाउँमा रहिनै रहेको छ । यसतर्फ पनि प्रमुख राजनीतिक दलहरुको ध्यान जानु जरुरी छ ।Durga-Puja-in-Kolkata

संविधान निर्माणको कामलाई जतिसक्दो चाँडो टुङ्ग्याएर मुलुकलाई गति दिने कुरामा दलहरु एकमत हुनेको विकल्प छैन तर पनि संविधान आउँछ भनेर भन्ने गरेका छन् । उनीहरुको कुरा कसले पत्याउने ? संविधान, स्थायी शान्ति एवं राजनीतिक स्थायित्व नभएसम्म हाम्रो मुलुक अघि बढ्न सक्दैन र समृद्धितर्फ लम्कन पनि सक्दैन त्यसका लागि देशमा स्थाई संविधान र स्थितर राजनीति हुनैपर्दछ । त्यो कायम गर्ने जिम्मेवारी पाएका दलहरु अझै पनि लचिलो बन्न सकेको देखिदैन यसले कतै मुलुक अन्योलतातर्फनै धकेलिने हो कि भन्ने चिन्ता पनि बढ्दै गएको छ । दलहरुले संविधान निर्माण कार्यजस्तो सम्बेदनशील र महत्वपूर्ण विषयलाई खेलाँची नगरी गम्भीर रुपमा बुझ्न जरुरी छ । त्यसैगरी अगामी माघ ८ भित्रै संविधान जारी गर्ने हेतुले काम गरौं ।

दोष र गल्ती अरुमा औल्याउने र आफू पानीमाथिको ओभानो बन्ने प्रवृति छोडौं । आफूभित्र पनि गल्ती र कमी कमजोरी छ कि भनेर खोजी गर्ने बानी बसालौँ । आ–आफ्ना स्वार्थ भन्दा माथि उठेर देश र जनताको स्वार्थ पूरा गर्न अठोट गरौँ । नेताहरूले चाहे भने जे पनि गर्न सक्छन् । संविधान निर्माणका विषयमा उत्पन्न विवादलाई साझा सहमती कायम गरी देशमुखी, जनमुखी एवं युग बदल्न सक्ने राम्रो संविधान बनाएर निर्धारित समयभित्र घोषणा गर्न सकौंँ भन्नेतर्फ जिम्मेवार नेताहरुको ध्यान जाओस् नवदुर्गा भवानीले यहि सद्बुद्धि सबैलाई दिऊन् ।

चाडपर्वमा फजुल खर्च नगरी उत्पादनमूलक कार्यमा लगानी गरौँ । देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिवहिनीमा वडा दसैं २०७१ को हार्दिक मंगलमय शुभकामना !

xpress

Top