के हो एकल संक्रमणीय निर्वाचन प्रणाली ?

काठमाडौं । एकल संक्रमणीय प्रणालीमा मतदाताले आफूले निर्वाचित गराउन चाहेको उम्मेदवारको प्राथमिकताका आधारमा मतपत्रमै १ नम्बर, २ नम्बर, ३ नम्बर भनेर संकेत गर्छ । जसअनुसार १ नम्बरको प्राथमिकताको उम्मेदवारले जित्न आवश्यक पर्ने मत पाएर बाँकी रहेको मत दोस्रोमा सर्छ ।

दोस्रोले जित्न आवश्क मत सरेपछि तेस्रोलाई जान्छ । जसले गर्दा मत खेर जाँदैन भन्ने मान्यता छ । युरोपका विभिन्न देशमा सय वर्षअघि यो प्रणाली प्रयोगमा आएको थियो । नेपालमा पनि २०४७ को संविधानअनुसार गठन भएको राष्ट्रिय सभामा यो प्रणाली थियो, नयाँ पत्रिकामा खबर छ ।

Top