ललितपुरवासीलाई अमात्यको सम्बोधन-‘मेरो जित निश्चित छ’

ललितपुर, मंसिर १८ । गत संविधान सभा निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ बाट भारी बहुमतले बिजयी भएका नेपाली कांग्रेसका नेता मदन बहादुर अमात्य यतिबेला चुनावी प्रचार प्रसारमा व्यस्त छन् । ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार अमात्य आफ्ना कार्यकर्ता सहित आज दिनभरी भोट माग्न मतदाताको आँगनमा पुगे ।

अमात्यलाई प्रचारप्रसारका क्रममा मतदाताले सकारात्मक प्रतिकृया दिएका छन् । ‘अधिकांशले तर्पाइलाई नै भोट दिन्छौं भन्दै शुभकामना तथा अग्रिम बधाई समेत दिए’ उनले भने ‘उहाँहरुको भोटलाई खेर जान दिन्न ।’ अमात्य यसअघिको निर्वाचनमा अत्याधिक बहुमतले बिजयी भएका थिए । ललितपुरलाई आफुले भित्रैबाट बुझेको बताउने ललितपुर जिल्लाका कांग्रेस सभापति समेत रहेका अमात्य ललितपुरको बिकासका लागि आफुले जति काम अरु कसैले पनि गर्नैं नसक्ने धारणा राख्छन् ।

आजको घर दैलो कार्यक्रम पश्चात मिडियासंगको कुराकानीमा आफ्नो जित सुनिश्चित भएको बताउँदै उनले आफु प्रत्यक्ष भोट माग्न पुग्न नपाएको र जाँदा भेट नभएका मतदाताहरुलाई मिडियामार्फत र आफ्ना कार्यकर्ताहरु मार्फत मत मागेका छन् । आफुले मतदाताहरुको भोटको दुरुपयोग नगर्ने र ललितपुरको बिकासका लागि लागि पर्ने बताउदैं उनले भने ‘मैले यसअघि पनि ललितपुरको बिकासका लागि बिभिन्न अवधारणाहरु ल्याईसकेको छु । त्यसको कार्यान्वयनका लागि पनि ललितपुरमा मेरो जित अत्याबश्यक छ ।’ उनले भन ‘ ललितपुरको मुख्य समस्या भनेको खानेपानी हो, म यो समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्नेछु ।’

 

अमात्यले उमेद्वार रहेको ललितपुरको क्षेत्र नं. ३ मा उनको प्रतिस्पर्धीका रुपमा बाम गठबन्धन उम्मेदवार पम्फा भुसाल रहेकि छिन् । अमात्य भन्छन् ‘ललितपुरको क्षेत्र नं. ३ का मतदाताले काम गर्ने नेता खोजेका छन्, म मुखले भन्दा कामले गरेर देखाउँछु, त्यसैले मेरो प्रतिस्पर्धीका रुपमा जो भएपनि मलाई कुनै असर पर्दैंन ।’ समाजसेवामा रुचि भएका अमात्य भन्छन् ‘म समाजसेवाका लागि राजनितिमा आएको हो, मलाई राजनित गरेर पैसा कमाउनु छैन्, म जनताको सेवा गर्न चाहान्छु ।’

ललितपुरको समृद्धि र विकासका लागि अमात्यले दिलो ज्यान दिएर लागिरहन्छन् । त्यसैले पनि उनि अघिल्लो निर्वाचनमा अत्याधिक मतले बिजय भएका थिए । उनको हट्ठि स्वभाव , स्पष्ट वक्ता र निश्पक्ष ब्यवहारका कारण कम्युनिष्ट उम्मेदवार पम्फा भुसालसंगत प्रतिस्पर्धानै नदेखिएको कांग्रेस प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार प्रकाशनन्द जोशी बताउँछन् ।

Top