सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, मंसिर १८। साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा २ सयले घटेर प्रति तोला ५५ हजार ३ सयमा कारोबार भईरहेको छ । चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७३५ रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४७ हजार ४ सय १० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार १ सय ५५ रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६३० रुपैया कायम गरेको छ।

Top