सवै जिल्ला अस्पतालहरुमा विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा दिने तयारी

काठमाडौं,माघ २६ । स्वास्थ्य मन्त्रालयले देशभरका सवै जिल्ला अस्पतालहरुमा विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा दिने तयारी थालेको छ । देशभरका थप १३ जिल्ला अस्पतालहरुमा आगामी फागुन १ गते देखि नै विषेशज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन सुरुवात गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य जिल्लाहरुमा पनि फागुनको पहिलो हप्ता भित्रमा सेवा सुरु गर्ने मन्त्रालयको तयारी छ ।

फागुन १ देखि सेवा सुरु हुने अस्पतालहरुमा सर्लाही, धादिङ, रोल्पा, गोर्खा, अर्घाखाँची, उदयपूर, धनकुटा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, नुवाकोटको त्रिशुली र बाग्लुङको बुर्तिवाङ रहेका छन् ।

विभिन्न स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुसँगको सहकार्यमा सेवा सुरु गर्नेगरी स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रीस्तरीय निर्णय गरेर त्यसका लागि आवश्यक व्यवस्था मिलाएका छन् ।

मन्त्रालयको निर्णय अनुसार अवदेखि ती अस्पतालहरुमा विषेशज्ञ चिकित्सक र आवासीय एमडी वा एमएस वा डिएम वा एमसीएच चिकित्सकहरुलाई खटाइने बताइएको छ ।

Top