आज दिनभर वर्षा हुने सम्भावना प्रबल

काठमाडौं,माघ १४ । मौसमविदका अनुसार अहिले पश्चिम र सुदूरपश्चिमका धेरैजसो ठाउँमा पानी परिरहेको छ । काठमाडौँसहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । दिउँसोपख केही ठाउँमा जमिन भिज्ने गरी वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, जिरीलगायत क्षेत्रमा हिमपात भएको मौसमविदले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार धनगढीमा ७ मिलिमिटर, डडेल्धुरामा ६ मिलिमिटर, दिपायलमा ५ मिलिमिटर, वीरेन्द्रनगर र जुम्लामा २२ मिलिमिटर, नेपालगञ्जमा १ मिलिमिटर, दाङमा शून्य दशमलव ३ मिलिमिटर पानी परेको छ । यसैबीच पोखरामा समेत पानी परेको बताइएको छ ।

 

Top