टिपरले ट्याक्सीलाई थिच्न पुग्दा ट्याक्सी चालकको मृत्यु

काठमाडौं, माघ १२ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा बा. ३ ख ७५७९ नम्वरको बालुवा लोड गरेको टिपर गएराति पल्टदा सड्क छेउमा पार्किङ गरि राखको बा. १ ज ८८७३ नम्वरको ट्याक्सी माथी पर्दा ट्याक्सी चालक काभ्रे नागरेगर्गचे–४ घर भएका २१ बर्षीय श्याम बहादुर प्रधान च्याँपिएर घाइते भएकोले उपचारको लागी शिक्षण अस्पताल महाराजगंज पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

यस्तै तनहँुको शुक्लागण्डकी नगरपालिका–११ कुम्लेखोला स्थित पृथ्वी राजमार्गमा ना. ५ ख १८८० नम्वरको बसले ग.१० प १४९५ नम्वरको मोटरसाइकललाई  मंगलबार ठक्कर दिंदा मोटरसाइकल चालक कास्की तारकाङ बस्ने १९ बर्षीय बिकाश बि.क. र  स्याङजा राङकोट बस्ने २८ बर्षीय बिजय सुनार गम्भीर घाइते भएकोले मणिपाल अस्पताल पोखरा पठाइएको विकास बि.क.को उपचारको क्रममा मृत्यु भएको छ । घाइते बिजय सुनारलाई थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमाडौ लगिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Top