प्रतिबन्धित जडिबुटी कारोबारमा संलग्न एक पक्राउ

जाजरकोट, माघ २ । डोल्पा नर्खु–१ बस्ने ६७ वर्षीय नामबहादुर बोहोरालाई प्रहरीले करीब ३ किलो प्रतिबन्धित जडिबुटी पाँचऔले सहित पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट मैदेको चेक पोष्टमा शनिबार खगेनकोट–६ बगरातर्फ जाँदै गरेको भे.१ ज ५७६ नम्बरको जीपलाई चेकजाँच गर्दा बोहोराले साथमा ल्याएको झोलाबाट उक्त जडिबुटी बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Top