अबैध विदेशी मुद्रा सहित चाईनिज नागरिक पक्राउ

काठमाडौँ, माघ २ । अवैध बिदेशी मुद्रा सहित बा.१ य १२३२ नम्बरको स्कर्पियो गाडीका चालक पेम्बा तामाङ्ग, चाईनिज नागरीक चाङ तोङ फाङ, चौ स्लिडयन, चाउ लियाङ फङलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत विभिन्न देशका मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसारपसार तथा कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शनिबार चन्द्रागिरी नगरपालिका–३ नागढुंगामा शंकास्पद सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त गाडीलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथमा रहेको हेण्ड ब्याग तथा सुटकेशमा लुकाई छिपाई ल्याएको युएस २,७४,१५१ युरो १,२८,८५० अष्ट्रेलियन डलर ४,६५० क्यानेडियन डलर २,५०० जापानी येन २२,०८,००० चाईनिज युयान ३,१७२ स्वीस फ्रयांक २,००० हङकङ डलर ३० मुद्रा बरामद भएको थियो । बरामद विदेशी मुद्राको नेपाली ४,७१,१३,७९०।– (चार करोड एकहत्तर लाख तेह्रहजार सात सय नब्बे रुपैया) रहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य जारी ।

Top