अबदेखि अनलाइनबाटै श्रम स्वीकृति लिन सकिने

काठमाडौं, पुस २९ । व्यक्तिगत श्रम स्वीकृति अब अनलाइनबाटै लिन सकिने भएको छ । आँउदो सोमबार देखि व्यक्तिगत श्रम स्वीकृति अनलाइनबाटै लिनका लागि वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयले आवश्यक तयारी पूरा गरिसकेको बताइएको छ ।

अन्तीम श्रम स्वीकृति पनि सोमबार देखी अनलाइनबाटै लिन सकिने व्यवस्था गरिएको छ ।यस अघि अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा संस्थागत तर्फको पुर्व श्रम स्वीकृति अनलाइनबाट सुरु भएको थियो ।  त्यसबाट म्यानपावर व्यवसायीलाई सहज भएपनि व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिने युवालाई भने सहज भएको थिएन । अव श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै हुनेछ । यसका लागि अहिले म्यानपावर व्यवसायी र वैदेशिक रोजगार विभागको ताहचल कार्यालयका कर्मचारी तालिम लिइरहेका छन् ।

Top