तीन वर्षीय बालिकाको कला तथा पुस्तक प्रर्दशनी

काठमाडौं । नेपाल कला परिषद्मामा तीन वर्षीय बालिका विदेहा रञ्जनको एकल चित्रकला तथा पुस्तक ‘अर्ली क्रीएसन्स’ सिर्जनाको बिहानी प्रर्दशनी भएको छ । ‘स्पाइनी ब्याबलर’को आयोजनामा उनको तेस्रो जन्मदिनको अवसर परेर यहि आईतवार प्रर्दशनी भएको हो । प्रर्दशनीको उद्घाटन हजुरआमा प्रिति दहालले उद्धाटन गर्नु भएको थियो ।

उक्त प्रदशनीमा कलाकार प्रर्मिल गिरी, लेखक सुलोचना मानन्धर, बाल विशेषज्ञ डा. मणिन्द्र रञ्जन बराल, प्रधानाध्यापक महेश्वरी अमात्य, उद्यमी स्वेता उपाध्याय तथा अन्य लेखक, सम्पादक र विद्यार्थीहरुको सहभागीता रह्यो । नेपाली कला प्रर्दशनीको इतिहासमै सबैभन्दा सानो उमेरकी बालिकाले कोरीएको चित्रकला प्रर्दशनी गरिएको यो पहिलो पटक हो । विदेहाका ७३ कला र सुन्दर ८०–पृष्ठ रहेको पुस्तक सागै २२ वटा भिडियो आयोजक स्पाइनी व्यावलरले प्रस्तुत गरेको थियो ।

a (38)

स्पाइनी व्यावलरका अध्यक्ष तथा विदेहाका बुबा पल्लव रञ्जनका अनुसार सृजनालाई जातजाती, राजनितिक सीमाकंन, भौगोलीक सिमितता र उमेरले रोकटोक गर्दैन । २ वर्षको उमेर वा ९४ वर्षको उमेरमा होस भावनात्मक शैली विषयवस्तु तथा अभिव्यतिm कलालाई मुल्याङ्कन गर्दछ । विदेहाको कलामा मैले भावनात्मक लगानी, प्रभावशाली, वैचारीक तथा विषयगत समाग्री र कला कौशुहलता पाउनेछु ।

नेपाल कला परिषदको दुई कक्षमा रंगीन पेन्सिल कलर तथा पेस्टलका माध्यमबाट बनाईएका कलाकृती थिए भने तेस्रो कक्षमा श्यामस्वेत शिसाकलम, मार्कर तथा चुम्बकीय बोर्डमा बनाइएका कृति प्रर्दशित थिए । “सृजनाको बिहानी” ले बाल मनमष्तिस्क भित्रको झलक मात्र नदिई शिशु विकास, कौशलता परिवर्तन, बौद्यिकता, सृर्जनशिलता, शारीरीक समन्वय र रचनात्मक क्षमता अभिवृद्धी सम्बन्धिपनि चेतना प्रदान गरेको थियो ।

कलाकार प्रमिला गिरीले “यति सानो उमेरमा यति धेरै कला सिर्जना गर्नु अवश्य पनि उत्साहजनक छ । म फेरी पनि आएर यी कलाकृति हेर्दैछु । आफ्नो कार्यलाई विदेहाले निरन्तरता दिनुपर्छ र पछि सम्मै कलामा संल्गन गराउनु राम्रो हुन्छ” भन्दै प्रिती हजुरमुमा नामक कृति मुनी उभिएर कलाकार संग फोटो खिच्नुभयो । कलाकार जिवन राजोपाध्यायलाई पनि प्रर्दशनी निकै रोचक लाग्यो ।

लेखक सुलोचना मानन्धरले बधाई दिँदै “नानीले धेरै कुरा याद राखेर निकै सोचबिचार गरेर कला बनाएकी रहिछ्नि मलाई राम्रो लाग्यो” भन्नुभयो । प्रारम्भिक कोराई देखी रेखांकन हुँदै विदेहाले आकारमुखि कला तर्फ लागेको हामी देख्नेछौं । समन्वय र सोचको माध्यम प्रयोग गरी २ वर्षकै उमेरमा उनले आफूलाई मनमुग्ध पार्ने विषयहरु सम्वोधन गरेको हामी पाउँछौं । शेषनारायणको मन्दिर, टौदह, सिद्धी पोखरी तथा नागदह अनि जनकपुरमा देखेका माछा, पात तथा भित्तामा देखेका माकुरा र झुसिलेकिरा, हिरण्य वर्ण महाविहारमा देखेको कछुवा, घरमा पालेको खरायो उनले कला विषय बनाएकी छिन् । सोचेका विचार र भावनालाई पनि विदेहाले अमुर्त छविका रुपमा प्रस्तुत गरेकी छिन् ।

कुनै पनि बालबालिकाको संसारमा आउने भुत प्रेत, कार्टुनमा देखेको मासा र उनको भालु र व्वाँसा पनि कलामा परिणत भएका छन् । उडिरहेको पुतली, लुगा सुकाउँदै गरेको मानिस, भक्तपुर शहर र माथि उडेका बादल, पहिलो पटक रोपेको धान, हाँस, कुखुरा, मःम, मादल र बाँसुरी पनि उनको सिर्जनाको ईन्द्रेणीमा परेका छन् ।

Top