तीन वर्षीय बालिका विदेहाको एकल चित्रकला प्रदर्शनी हुँदै

काठमाडौं, असोज १३ ।  नेपाल कला परिषदमा तीन वर्षीय बालिका विदेहा रञ्जनको एकल चित्रकला प्रर्दशनी हुने भएको छ । विदेहाको तेस्रो जन्मदिनको अवसर पारेर ‘सिर्जनाको बिहानी ’असोज १६ गते आईतवार प्रर्दशनी हुन लागेको हो । प्रर्दशनीको उद्घाटन उनकै ७० वर्षीय हजुरआमा प्रिती दाहालले गर्नुहुनेछ ।  स्पाइनी ब्याबलरको आयोजनामा हुन लागेको प्रर्दशनीमा विदेहाको ८० ओटा कलाकृती राखिनेछ । प्रर्दशनी विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ भने प्रवेशको लागि कुनै शुल्क लाग्ने छैन् । नेपाली कला प्रर्दशनीको इतिहासमै सानो उमेर बालिकाले कोरिएको चित्रकला प्रर्दशनी गर्न लागिएको यो पहिलो हो ।

a (21)

उक्त कार्यक्रममा विदेहाको २२ वटा अंग्रेजी तथा नेपाली गीतको भिडियो सार्वजनिक हुने उनको बुबा पल्लव रञ्जनले बताउनु भयो । १४ महिनाको उमेरमै चित्रकोर्न सुरु गरेकि विदेहाको आधा कलाकृतीहरु सिसाकलमको माध्यम प्रयोग गरि कागज-मर्करले बोर्डमा कोरिएका छन् भने श्याम–स्वेत सिर्जना बाहेक चुम्बकिय बोर्डमा बनाईएका कृती तथा पेस्टलमा माध्यमवाट बनाईएका चित्रकला पनि प्रर्दशनीमा राखिने छ ।

a (22)

चित्रकलामा शेषनारायणको मन्दिर, टौदह, सिद्धीपोखरी, नागदह, जनकपुरमा देखिएको माछा, पात, भित्तामा देखिएको माकुरो, झुसेलकिरा, हिरण्यवर्ण महाविहार, कछुवा, घरमा पालेको खरायो उनको कलामा समेटिएका छन् । त्यस्तै बालबालिकाको संसारमा आउने भूतप्रेत, कार्टुनमा देखेको मासा, भालू र व्वाँसो पनि उनको कलामा परिणत भएका छन् । उनको सिर्जनामा उडिरहेको पुतली, लुगा सुकाउँदै गरेको मानिस, भक्तपुर सहर, आकाशमाथि उडेको बादल, धान रोपार्इं, हाँस, कुखुरा, मःमः, मादल र बाँसुरी परेका छन् ।

a (38)
‘हुने विरुवाको चिल्लो पात’ भने झै’  सानै उमेरदेखि प्रतिभाको धनी विदेहाको दिनर्चया चित्रकला तथा संगीत मै तल्लिन हुने गरेकोे छ । आफ्ना अभिभावकसँग कतै घुम्न गयो भने त्यस ठाँउमा देखेको बस्तुस्थितीलाई चित्रमा उर्ताने उनको स्वभाव हो । कुनैदिन आफुहरु नउठ्दै एकाबिहानै उठेर उनी चित्र कोर्न थालिसकेको हुने उनको अभिभावकहरु बताउँछन् ।

a (38)
उनले आफुले देखेको र घुमेको ठाँउको चित्र एकदुई दिन देखि पाँच छ महिना पछि पनि कोेर्ने गरेकी छिन् । एक वर्ष अघि कोरेको चित्र कुन ठाँउको हो भनेर उनले सम्झन सक्ने क्षमता उनमा रहेको पाईन्छ । सानै उमेरमा यस्तो चमत्कार देखेर अभिभावक साथै उनलाई चिन्ने साथीभाई, आफन्त, छरछिमेक समेत चकित परेका छन् ।  सरल, नम्र स्वाभावकी विदेहाको प्रर्दशनीले बालमनमष्तिक भित्रको झलक मात्र नदिई शिशु विकास, कौशलता परिर्वतन, बौदिकता, सिर्जनशिलता, शारिरीक समन्वन र रचनात्कम क्षमता अभिवृद्धि सम्बन्धि दर्शकहरुमा चेतनाको विकास गर्ने उनकी आमा भगवती सापकोटा बताउनुहुन्छ । विदेहा ‘माया माई लभ’,‘सन अन द माउन्टेन’ अंग्रेजी श्रीस्वस्थानी जस्ता पुस्तक प्रकाशित गरेका पल्लव रञ्जनकी छोरी हुन् । प्रदर्शनीमा कलाप्रति मोह राख्ने स्रोता, विभिन्न विद्यालयका विद्यार्थी, कलाकार, कवि, लेखक र विभिन्न संघ संस्थाका व्यक्तिहरुको सहभागि रहनेछ ।

Top