अफगानिस्तान र इराक प्रतिबन्ध हताउने तयारिमा सरकार

काठमाडौं,असोज १० । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले आज रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा दुबै देशमा कामदार पठाउने दबाब धेरै आएकाले अब बस्ने क्याबिनेटले अफगानिस्तान र इराकमा निश्चित क्षेत्रको बैदेशिक रोजगारीमा जान लगाइएको प्रतिबन्ध हटाउने निर्णय सरकारले गर्न लागेको बताएका हुन् ।

उनले भने प्रधानमन्त्री स्वंयमले प्रस्ताव पेश गर्न भन्नुभएकोले यसबारे आगामी मन्त्रिपरिषदबाट निर्णय लिने सम्भावना छ । शक्तिसम्पन्न देशहरु अमेरिकी, बेलायत लगायतका राजदूतहरुले भेटेर नै अफगानिस्तान र ईराकस्थित आफ्नो दूतावासहरुमा नेपाली कामदार पठाउन प्रधानमन्त्रीलाई दबाव दिएको मन्त्री गुरुङले ठोकुवा गरे । उनले नेपाली कामदारहरुको सुुरक्षाको प्रत्याभुति दिलाउने भएपछि सरकारले प्रतिबन्ध फुकुवा गरेर कामदार पठाउन लागेको हो । रेड जोनबाट ग्रिनजोनसम्म पुग्न राजदुतहरुले बुलेटप्रुफ साधनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको समेत उनले बताए ।

गुरुङले म्यानपावर व्यावसायमा देखिएको विकृति हटाउन आफूले नयाँ कार्यक्रम ल्याउने र यस क्षेत्रलाई सुधार गर्न र सक्षम बनाउन सकिने अवधारणा राखेका थिए । फ्रि भिसा फ्रि टिकटको नाममा २ लाखसम्म रकम लिएर १० हजारको रसिद दिने गरेको गुनासो आएको भन्दै उनले कसैले मोटो रकम लिएको थाहापाए कारवाही गर्ने चेतावनी दिए । आफुलाई प्रलोभनमा पार्ने कुनै प्रस्ताव आए पत्रकारहरलाई खबर गर्ने बताउँदै उनले असन्तुष्टहरुको माग सम्बोधन गर्नको लागि संविधान संशोधनको विकल्प नभएको उनको धारण छ ।

Top